पोखरा । पोखरा महानगरपालिका वडा नम्वर ७ को आयोजनामा वडामा सामाजिक क्षेत्रमा महिलाको भुमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा अनिशा अधिकारी प्रथम, सरस्वती पौडेल द्धितिय, जमुना भण्डारी तृतीय र सृजना सापकोटा बराल सान्त्वना भएका छन् । प्रथम, द्धितिय, तृतीय र सान्त्वनाले क्रमश नगद रु.४ हजार, ३ हजार, २ हजार, १ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा वडामा क्रियाशिल १२ जना महिला दिदीबहिनीको सहभागिता रहेको थियो । प्रतियोगिताको निर्णायक रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारी, भद्रकाली माविका सहायक प्रध्यानाध्यापक लोकेन्द्र खनाल, अधिवक्ता गिता लामाछाने रहेका थिए । यस अघि कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष राममोहन आचार्यले महिलाहरुको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
वडा सदस्य तथा कार्यक्रम संयोजक सुनिता सुनारले यो कार्यक्रमले महिला दिदी बहिनीहरुको आत्मविश्वास बढाउने विश्वास व्यक्त गरिन् । निर्णायक संयोजक दुर्गा अधिकारी मुल्याङ्गकनका विविध विषय हरेर मुल्याडक गरिने बताइन् । कार्यक्रमको संचालन वडा सदस्य अर्जुन थापाले गरेका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु