पोखरा । गण्डकी प्रदेशकै पहिलो फोरके प्रविधियुक्त पब्लिक टेलिभिजनको नियमित प्रसारण सुरु भएको छ । आइतबार साँझ एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नियमित प्रसारणको उद्घाटन गरेका हुन् ।
नियमित प्रसारण उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले टिभीको नियमित प्रसारण सुरुआतसँगै गण्डकीको सञ्चार क्षेत्रमा नयाँ आयाम थपिएको बताए । ‘यसले आवाजविहीनहरुको आवाज बोल्ने मैले अपेक्षा राखेको छु,’ उनले भने, ‘पीँधमा रहेका वर्गलाई माथि ल्याउन भूमिका खेल्ने विश्वास छ ।’ राजनीतिकर्मी, उद्यमी, व्यवसायी तथा सञ्चारकर्मीहरुको बीचको एकता आजको आवश्यकता रहेको उनले औंल्याए ।

पोखरा महानगरका मेयर धनराज आचार्यले टिभीको आधिकारिक वेबसाइट उद्घाटन गर्दै सकारात्मक सहयोग र खबरदारी गर्ने प्लेटफर्मका रुपमा आएको बताए । ‘हाम्रा कामलाई सकारात्मक ढंगले सहयोग गर्ने, कहींकतै कमजोरी भयो भने खबरदारी गर्ने एउटा राम्रो प्लेटफर्म आएको छ,’ उनले भने, ‘अबका टिभीले दिनमा पछाडि फर्केर हेर्नुनपरोस् ।’
निर्देशक रुद्रप्रसाद अर्यालले स्वागत गरेको उद्घाटन कार्यक्रममा टिभीका अध्यक्ष प्रेमप्रसाद भट्टले संघीयताको मर्मअनुसार आम नागरिकले पाउनुपर्ने विश्वसनीय सूचना सामग्री पब्लिक टिभीको मुख्य ध्येय रहेको बताए ।
समुद्घाटन समारोहमा गण्डकीका दिवंगत श्रष्टाहरुको सम्मान र सम्झनामा सांगीतिक कार्यक्रम गरिएको थियो । जसमा गायक राज सिग्देल, विनोद बानिया, सन्तोष बस्याल र अजुदा थापाले प्रस्तुति राखेका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु