पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टले कलेजबाट स्नातक तह उत्तिर्ण विद्यार्थीहरुको सम्मानमा मंगलबार ग्रेजुएसन समारोह सम्पन्न गरेको छ । समारोहमा बिबिए र बिसिआईएस कार्यक्रममा गरी कुल ७८ विद्यार्थीहरुलाई ग्रेजुएसन गरिएको कलेजका बिबिए कार्यक्रम संयोजक सरोज कुँबरले बताए ।
समारोहमा बोल्दै पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. दयाराज ढकालले विश्वविद्यालय र कलेजले प्रदान गरेको शिक्षालाई विद्यार्थीहरुले समाजको हीतमा प्रयोग गर्नुपर्नेमा जोड दिए । समाजमा सबैले सम्झनालायक काम गरेर जीवन बिताउनुपर्ने समेत डिन ढकालले बताए । कार्यक्रममा यस वर्ष दीक्षित विद्यार्थीहरुलाई डिन ढकालले कार्यक्षेत्रमा कर्तव्यनिष्ठ भएर विश्वविद्यालय र कलेजको शिर उँचो बनाउने सपथ ग्रहण समेत गराए ।
कार्यक्रममा पोखरा विश्वविद्यालयका परिक्षा नियन्त्रक डा. तुलसीराम भण्डारी, प्राध्यापक डा. विनायक प्रसाद भद्रा, कलेजका प्राचार्य डा. चैतन्यराज अधिकारी र उप प्राचार्य लिना नेगी श्रेष्ठले समेत आफ्नो भनाइ राख्दै विद्यार्थीहरुलाई व्यवसायीक तथा पेसागत जीवनको सफलताको कामना व्यक्त गरे ।
कलेज व्यवस्थापन समितीका कार्यवाहक अध्यक्ष कोमल प्रसाद तिमिल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा दीक्षित विद्यार्थीहरु, उनीहरुको अभिभावक तथा शिक्षकहरुको सहभागिता रहेको थियो । पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त गरी २०५८ मा स्थापित यस कलेजले हाल स्नातक तहमा बिबिए र बिसिआईएस (आईटी) कार्यक्रमको अध्यापन गराउँदै आइरहेको बिसिआईएस कार्यक्रम संयोजक ई. हरी प्रसाद बरालले बताए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ