पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टले कलेजबाट स्नातक तह उत्तिर्ण विद्यार्थीहरुको सम्मानमा मंगलबार ग्रेजुएसन समारोह सम्पन्न गरेको छ । समारोहमा बिबिए र बिसिआईएस कार्यक्रममा गरी कुल ७८ विद्यार्थीहरुलाई ग्रेजुएसन गरिएको कलेजका बिबिए कार्यक्रम संयोजक सरोज कुँबरले बताए ।
समारोहमा बोल्दै पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. दयाराज ढकालले विश्वविद्यालय र कलेजले प्रदान गरेको शिक्षालाई विद्यार्थीहरुले समाजको हीतमा प्रयोग गर्नुपर्नेमा जोड दिए । समाजमा सबैले सम्झनालायक काम गरेर जीवन बिताउनुपर्ने समेत डिन ढकालले बताए । कार्यक्रममा यस वर्ष दीक्षित विद्यार्थीहरुलाई डिन ढकालले कार्यक्षेत्रमा कर्तव्यनिष्ठ भएर विश्वविद्यालय र कलेजको शिर उँचो बनाउने सपथ ग्रहण समेत गराए ।
कार्यक्रममा पोखरा विश्वविद्यालयका परिक्षा नियन्त्रक डा. तुलसीराम भण्डारी, प्राध्यापक डा. विनायक प्रसाद भद्रा, कलेजका प्राचार्य डा. चैतन्यराज अधिकारी र उप प्राचार्य लिना नेगी श्रेष्ठले समेत आफ्नो भनाइ राख्दै विद्यार्थीहरुलाई व्यवसायीक तथा पेसागत जीवनको सफलताको कामना व्यक्त गरे ।
कलेज व्यवस्थापन समितीका कार्यवाहक अध्यक्ष कोमल प्रसाद तिमिल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा दीक्षित विद्यार्थीहरु, उनीहरुको अभिभावक तथा शिक्षकहरुको सहभागिता रहेको थियो । पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त गरी २०५८ मा स्थापित यस कलेजले हाल स्नातक तहमा बिबिए र बिसिआईएस (आईटी) कार्यक्रमको अध्यापन गराउँदै आइरहेको बिसिआईएस कार्यक्रम संयोजक ई. हरी प्रसाद बरालले बताए ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु