पोखरा । नेपाल दशनामी समाज अन्तरगतको नेपाल दशनामी युवा समिति गण्डकी प्रदेश र कास्की जिल्लाको दोस्रो अधिवेशन मंगलबार पोखरामा सम्पन्न भएको छ । अधिवेशनबाट गण्डकी प्रदेशमा सुर्य गिरीको नेतृत्वमा कार्यसमिति निर्वाचित भएको छभने सरस्वती पुरीको नेतृत्वमा कास्की जिल्लाको कार्यसमिति निर्वाचित भएको छ ।
दशनामी युवा समिति गण्डकी प्रदेशको उपाध्यक्षमा कञ्चन गिरी (नवलपुर) महिला उपाध्यक्षमा शर्मिला गिरी (पर्वत), सचिवमा राजु गिरी (कास्की) र सहसचिवमा गौरब गिरी (स्याङजा) निर्वाचित भएका छन् । कोषाध्यक्षमा भने तनहुँ जिल्लाबाट एक जना मनोनयन गरिनेछ । त्यस्तै सदस्यहरुमा सुरज गिरी (कास्की), विज्ञान पुरी (पर्वत), मुक्त गिरी (कास्की), दिब्यराज गिरी, सुस्मिता गिरी (लमजुङ, महादेव गिरी (कास्की) र अनिष गिरी (पर्वत) निर्वाचित भएका छन् । प्रदेशका अन्य जिल्लाबाट सदस्यमा मनोनयन गरिनेछ ।
त्यस्तै मंगलबार नै भएको कास्की जिल्लाको अधिवेशनबाट उपाध्यक्षमा दिपक गिरी, महिला उपाध्यक्षमा अञ्जली गिरी, सचिवमा सन्देश गिरी, कोषाध्यक्षमा सिम्रन गिरी, सहसचिवमा गंगा गिरी र सदस्यमा कामना गिरी, कृष्ण गिरी, शिव गिरी, अर्जुन गिरी निर्वाचित भएका छन् ।
अधिवेशन अघि भएको उद्घाटन सत्रमा दशनामी समाजका केन्द्रीय उपाध्यक्षद्वय तारा गिरी र सरस्वती गिरी, दशनामी महिला समितिकी केन्द्रीय उपाध्यक्ष शारदा गिरी, दशनामी युवा समितिका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, दशनामी समाज कास्कीका अध्यक्ष हिरा गिरी, दशनामी समाज कास्कीका पूर्व अध्यक्ष जगत मोहन गिरी, दशनामी महिला समिति कास्कीकी अध्यक्ष सपना गिरीलगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
मनोज गिरीको सभाध्यक्षमा सम्पन्न अधिवेशनमा सरस्वती पुरीले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सञ्चालन प्रेम गिरीले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो