काठमाडौँ — कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बिहान सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए ।
शुक्रबार रातिको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् ।
‘संविधान रक्षकको भूमिकाका लागि तयार छु’
नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको रक्षकको भूमिकाका लागि आफू तयार रहेको बताएका छन् । बैठकपछि पौडेलले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता रहेको बताए ।
‘नेपालको संविधानको भावना र मर्मअनुरुप संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने बेला छ । यस्तोमा म राष्ट्रपतिको संविधानको रक्षकको हैसियतका लागि तयार छु,’ पौडेलले भने, ‘मलाई नेपाली कांग्रेसबाट उम्मेदवारीको चरणमा यो प्रेरणा मिलेको छ । मलाई संसद्मा रहेका सबै दलहरूको सद्भाव र समर्थन पनि छ ।’
उनले संविधानको रक्षाका लागि सबैलाई आह्वान गरे । ‘अहिलेको परिस्थितिमा नेपालको संविधानले जनतामा जुन अभूतपूर्व अधिकार प्रदान गरेको छ, त्यसको रक्षा गर्ने चुनौती छ । नेपालको संविधान, राष्ट्रियताको संरक्षण र जनताको जनजीवनको रेखदेख गर्ने जुन जिम्मेवारीका लागि म तयार भएको छु, त्यसका लागि म सचेत छु, तयार छु,’ उनले भने, ‘यो संविधान भनेको ठूलो संघर्षको उपलब्धि हो । म सबैलाई आह्वान गर्न चाहान्छु, कि हामी सबै मिलेर यो संविधानको रक्षा गरौँ ।’
सम्बन्धित खबर
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो