काठमाडौँ — नेकपा एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
एमाले प्रवक्ता उपमहासचिव पृथ्वीसुब्बा गुरूङले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए । पूर्वसभामुख नेम्वाङ एमाले उपाध्यक्ष एवम् इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
कांग्रेसले शनिबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
शुक्रबार रातिको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् ।
उपमहासचिव गुरुङ भन्छन्, ‘अर्को गठबन्धन बनेको थाहा छैन, हामी पुस १० मा बनेको गठबन्धनमै छौं ।’
नेकपा एमालेले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा बहुमत जुटाउन नेपाली कांग्रेसबाहेक सबै दलसँग संवाद गर्ने भएको छ । केन्द्रीय सचिवालय बैठकपछि उपमहासचिव पृथ्बीसुब्बा गुरुङले राष्ट्रपतिको उम्मेदवारका लागि उपाध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको बताए ।
‘राष्ट्रपतिको निर्वाचनमा हामीले पुस १० गते गठबन्धनमा भएको सहमतिबमोजिम पार्टीका उपाध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेका छौं,’ उनले भने, ‘कांग्रेसको आफ्नै उम्मेदवार भएकाले कांग्रेसबाट हामीलाई सहयोगको आश भएन, बाँकी सबै दलहरूसँग राष्ट्रपतिको निर्वाचनसम्म हामी छलफल र संवाद गछौं । सहकार्यको वातावरण बनाउँछौं ।’
उनले अहिले सरकारबारे भने कुनै छलफल नभएको बताए । ‘अहिले राष्ट्रपतिको निर्वाचन हुन लागेको हो । हामीले राष्ट्रपतिको उम्मेदवार तय गरेका छौं,’ उनले भने, ‘अहिले हामी पुस १० मा बनेको गठबन्धनमै छौं ।’
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान