धादिङ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रिता थापा मगर सर्वसम्मत निर्वाचित भएकी छन् । शुक्रबारदेखि धादिङबेँसीमा जारी प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् ।
उनी प्रत्यक्ष दोहोरी गीतबाट चर्चामा थिइन् । लोक तथा दोहोरी क्षेत्रमा दशक अघि देखि तल्लीन थापा मगरले यसअघि प्रतिष्ठानको विभिन्न पदमा रहेर काम गरिसकेकी छन् ।
प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा स्याङ्जाका पशुपति शर्मा र प्रथम उपाध्यक्षमा रामजी खाँण सर्वसम्मत भएका छन् । सांगठनिक उपाध्यक्षमा सुवास केसी, प्रशासनिक उपाध्यक्षमा दीपक खड्का र महिला उपाध्यक्षमा राधिका हमालपनि सर्वसम्मत निर्वाचित भएका छन् ।
सात जनाको खुला उपाध्यक्षमा भने १० जनाको उम्मेदवारी परेको छ । खुल्ला उपाध्यक्षमा पुष्कल शर्मा, राजु ढकाल, चोलेन्द्र पौडेल, कृष्ण रेउले, खुमन अधिकारी, कुलेन्द्र विश्वकर्मा, पूर्णकला विसी, शंकर विसी र तारापति सुवेदीको उम्मेदवारी परेको छ ।
प्रतिष्ठानको महासचिवमा शिव हमाल सर्वसम्मत भएका छन् भने दुई जना उप महासचिवमा हरि डाँगी र शिरीष देवकोटा, लुम्बिनी सचिवमा दीपक गरौजा मगर, सुदूर पश्चिम सचिवमा नवीन सिंह धामी, उपत्यका सचिवमा प्रकाश सपुत, कर्णाली सचिवमा उत्तम शर्मा, विदेश सचिवमा रामकृष्ण बम मल्ल, प्रशासनिक सचिवमा जीवन दाहाल, सांगठनिक सचिवमा पिएन सापकोटा, सांगठनिक सह सचिवमा तारानाथ आचार्य, प्रशासनिक सह सचिवमा राजकुमार रायमाझी, विदेश सह सचिवमा दुर्गा पंगेनी, महिला सह सचिवमा सिता राना, महिला सह कोषाध्यक्षमा जुना श्रीस मगर सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यस्तै सात प्रदेशमध्ये भूगोल सचिवमा पनि गण्डकी प्रदेश बाहेक सबै प्रदेशबाट आउने सचिव पदमा सर्वसम्मत भएको छ । गण्डकी प्रदेशबाट भने तीन जनाको उम्मेदवारी परेको छ । यो महाधिवेशनले ३५ जनाको पदाधिकारीसहित ७५ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो