सरकारबाट बाहिरिने एमालेको निर्णय, समर्थन पनि फिर्ता

सरकारबाट बाहिरिने एमालेको निर्णय, समर्थन पनि फिर्ता

uml_meeting

काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

सोमबार पार्टी कार्यालय ललितपुरको च्यासलमा बसेको सचिवालय बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो। साथै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ।

गएको पुस १० गते एमालेसहित सात दलका सांसदले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर बहुमत जुटाएका थिए। त्यस बेला एमालेले माओवादीलाई सघाएबापत राष्ट्रपति एमालेले पाउने मौखिम सहमति भएको थियो ।

तर त्यो सहमति विपरीत प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससहितको आठ दलीय मोर्चा बनाउँदै राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेललाई प्रस्ताव र समर्थन गरेपछि एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सरकारबाट बाहिरिइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds