राष्ट्रपति निर्वाचन : आज उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशित हुने

राष्ट्रपति निर्वाचन : आज उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशित हुने

nirbachan_aayog 1

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन प्रक्रिया अन्तर्गत आज मंगलबार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ । त्यस्तै, आज नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

राष्ट्रपति निर्वाचनका लागि गत शनिबार कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका थिए ।
दुवै उम्मेदवार विरुद्ध कुनै उजुरी र दावी विरोध परेको छैन ।

उम्मेदवारी फिर्ता लिन इच्छुक उम्मेदवारका लागि आज बिहान १० बजेदेखि अपराह्न चार बजेसम्मको समय निर्धारण गरिएको आयोगले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

मतदानका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ।

राष्ट्रपति निर्वाचनका लागि प्रदेशसभाका सदस्य ५५० र संघीय संसदका ३३२ गरी ८८२ मतदाता छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds