पोखरा । गत माघ १ गते विमान दुर्घटनामा परी निधन भएका पत्रकार त्रिभुवन पौडेलको सपना पूरा गर्न सबै लाग्नु पर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य, महासंघ गण्डकीका संस्थापक अध्यक्ष, प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष पौडेलको ४५ दीनको पुण्य तिथीमा ब्रह््रकुमारी इश्वरीय बिश्वबिद्यालय पार्दी शाखा (ओम शान्ति) मा आयोजित श्रद्धान्जली सभामा वोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन्।
पत्रकार पौडेलको स्मृतिमा आफुहरुले ४५ दीनको पुण्य तिथीमा श्रद्धान्जली सभाको आयोजना गरी उनको परिवारजनसंगै उक्त कार्यक्रम गरिएको ब्रह््रकुमारी इश्वरीय बिश्वबिद्यालय पार्दी शाखाकी संचालिका अप्सरा दीदीले बताइन्। पत्रकार पौडेल पत्रकारिता क्षेत्र मात्र नभई सामाजिक क्षेत्र र विभिन्न संघ संस्थामा समेत उहाँले पुर्याएको योगदानको प्रशंसा गर्दै अप्सरा दीदीले उहाँको सपना पूरा गर्न सबै लाग्नु पर्नेमा जोड दिइन्। शोकलाई अब शक्तिमा बदल्दै अघि बढ्नुको विकल्प नभएको अप्सरा दीदीले बताइन्।

कार्यक्रममा बोल्दै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले पत्रकार पौडेलको सपना पूरा गर्न उनको परिवारजनको साथमा आफुहरु जस्ता थुप्रै संघ संस्थाहरु तथा व्यक्तिहरु रहेको बताए। नेपाल पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष, मञ्चका पूर्व सल्लाहकार पौडेलको स्मृतिमा स्थापना हुन लागेको उक्त अक्षयकोषमा मञ्चले प्रारम्भिक चरणमा १५ हजार सहयोग गर्ने घोषणा गरेको जनाए। ओम शान्तिका दुर्गा पौडेलले पत्रकार पौडेलले देखाएको बाटो अवलम्बन गर्नुपर्ने बताए। कार्यक्रममा बिश्वबिद्यालयका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, पौडेलको परिवारजन, पत्रकारको सहभागिता रहेको राधिका शर्मा कडेलले बताइन् ।
माघ १ गते पोखरामा एति एयरलायन्सको विमान दुर्घटनामा परी पत्रकार पौडेल, पत्रकार अनिल शाही, पाइलट कमल केसी सहित ७२ जनाको निधन भएको थियो ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो