पोखरा । तेश्रो शितल ज्योति कप सेभेन ए साइड फुटवल प्रतियोगितामा अन्र्तगत आइतबार पहिलो चरणका ६ खेलहरु सम्पन्न भएका छन्। शितल ज्योति युवा क्लवको आयोजनामा पोखराको अम्मरसिंह खेल मैदानमा आइतबार भएको खेलमा तिला फुटवल क्लव, दीप यूनाइटेड, इलाइट एफ.सी., भद्रकालि एफ.सी., बी थट्टीन र कमल पोखरी बीले जित हासिल गरेका छन्।
आइतबारको पहिलो खेलमा तिला एफ.सी.ले जेम्स एफ.सीलाई ४—० को एकतर्फी फराकिलो गोल अन्तरले पराजित गर्यो । तिलाको जितमा अविशेक थापा, बादल रानाभाट, सन्जु मगर र रविन तामाङले गोल गरे । दोश्रो खेलमा इलाइट एफ.सी.ले कमल पोखरी एको समुहलाई २—१ को झिनो गोलअन्तरले पराजित गर्यो । इलाइटको जितमा कृष्ण कुमाल र सुदिप थापाले एक एक गोल गर्दा कमल पोखरीका सागर गुरुङले एक गोल गरे ।
तेश्रो खेलमा दीप युनाइटेडले यूनाइटेड अर्चलवोटलाई १—० को झिनो गोल अन्तरले पराजित गर्यो । दीपका प्रनिल रानाभाटले गरेको एक गोल नै निर्णायक बन्न पुग्यो । चौथो खेलमा भद्रकालि एफ.सी.ले सहज जित दर्ता गर्यो । प्रतियोगितामा नेपाल मुस्लिम युथ क्लब सहभागि नभएको हुदा भद्रकालिले वाकओभरमा सहज जित दर्ता गरेको हो ।
पाचौं खेलमा बि थट्टीनले याम्दी एफ.सी.लाई ३—० को शान्दार जित हासिल गर्यो । बि थट्टीनको जितमा दीपेश गुरुङले दुई र मिलन गुरुङले गोलको योगदान दिए । आइतबारको अन्तिम खेलमा कमल पोखरी बीले काउरे बयर घार्र २—१ को गोल अन्तरले पराजित गर्यो । कमल पोखरीको जितमा सन्दीप गुरुङले दुई गोल गरे । काउरेका समिर गुरुङले एक गोल गरे । यसैबिच, भोलि सोमबार पनि पहिलो ीलाइ चरणकै ६ खेलहरु हुने भएको रेफ्रि सौरव गुरुङले बताए ।
फागुन २७ सम्म चल्ने प्रतियोगितामा २९ टिमको सहभागिता रहेको संयोजक सन्तोष गुरुङले बताए । प्रतियोगिताका बिजेताले १ लाख ५५ हजार ५ सय ५५, उपविजेताले ८५ हजार ५ सय ५५ रुपैयाको साथमा ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिने भएको उनले जनाए । सेमिफाइनलमा प्रबेश गर्ने टिमलाई १० हजार, प्रतियोगिताको क्वाटरफाइनलबाट म्यान अफ दी म्याच घोषित गरिने भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई माउण्टेन वाइक पुरस्कार वितरण गरिने भएको क्लवका अध्यक्ष नर प्रसाद गुरुङले बताए । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजारको साथमा ट्रफी प्रदान गरिने भएको सचिव पुर्ण गुरुङले जनाए । स्थानिय खेलाडी उत्पादन गर्ने उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष