काठमाडौं । एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले बृहद् शान्ति सम्झौता विरुद्धको हर्कत जारी रहे प्रतिवादमा उत्रिने चेतावनी दिएको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै मोर्चाले यस्तो चेतावनी दिएको हो । केही दिनयता जनयुद्धलाई अपराधीकरण गर्दै नागरिकको अधिकार कुण्ठित गर्न खोजेको मोर्चाको आरोप छ ।
मोर्चाका संयोजक सुर्यमान दोङ लालध्वजद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको युगमा ल्याई पु¥याउने महान् जनयुद्धलाई गर्ववोध गर्नुको साटो ‘अपराधीकरण’गर्न खोज्ने दुस्साहस भइरहेको छ । जनयुद्धलाई अपराधीकरण गर्न खोज्ने प्रतिगामीहरुले मुलुकलाई फेरि अध्याँरो सुरुङतर्फ धकेल्न खोजेका छन्, यस्तो प्रतिगामी कदमको डटेर सामना गर्न आम जनसमुदायमा विशेष अपिल गर्दछौँ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुख्य निशाना बनाई प्राप्त उपलब्धिलाई उल्ट्याउने गरी भइरहेको षड्यन्त्र र जालझेल आफूहरुलाई स्वीकार्य नभएको विज्ञप्तिमा उल्लेख छ । ‘राजतन्त्रको अध्याँरो युगमा नागरिकलाई रैती बनाएर नागरिकको अधिकार कुण्ठित गरेकाहरु अहिले सल्बलाएका छन् भन्ने हाम्रो निष्कर्ष छ’ विज्ञप्तिको अन्तिममा लेखिएको छ, ‘बृहद् शान्ति सम्झौताको विरुद्धका हर्कतहरु जारी रहे कडा संघर्षका कार्यक्रमहरु घोषणा गरी प्रतिवादमा उत्रिने चेतावनी दिन चाहन्छौँ ।’
सम्बन्धित खबर
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो