पोखरा । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले श्री एयरलाइन्सलाई उडानमा प्रतिबन्ध लगाएको छ ।
नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सलाई उडानमा प्रतिबन्ध लगाएपछि सबै ८ वटा जहाज ग्राउन्डेड भएका छन् ।
हिजो बिहीबार काठमाडौंबाट भैरहवा जाँदै गरेको जहाजमा इन्जिनमा आगो देखिएको घटनापछि प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गराएको हो ।
हवाई योग्यता निरीक्षण नभएसम्मका लागि जहाज उडाउन प्रतिबन्ध लगाएको प्राधिकरणले जनाएको छ ।
बहीबार बिहान काठमाडौंबाट भैरहवा गइरहेको श्री एयरलाइन्सको उडान नं ८२१ को जहाजको एउटा इन्जिन फेल भएको र आगो समेत देखिएपछि धादिङबाट फर्काएर काठमाडौंमै आकस्मिक अवतरण गराइएको थियो ।