प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

prachanda

काठमाण्डाै। सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरिएको रिट निवेदनमा कारण देखाऊ आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले रिट निवेदनलाई अग्राधिकार साथ अगाडि बढाउने निर्णय गर्दै कारण देखाउ आदेश दिएको हो ।

गएको कात्तिक महिनामा अधिवक्ता ज्ञानेन्द्रराज आरण र रामेछापका कल्याण बुढाथोकीले प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउन माग गर्दै रिट निवेदन दिएका थिए । त्यस बेला दरपिठ गरिदिएका निवेदनहरूको दरपिठ बदर गर्न सर्वोच्च अदालतले फागुन १९ गते आदेश दिएपछि मङ्गलवार त्याे रिट निवेदन सर्वोच्च अदालतमा दर्ता गरिएको थियो ।

प्रचण्डले ३ वर्ष अगाडी एक कार्यक्रममा द्वन्द्वका बेला मारिएका पाँच हजार जनाको आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए। सो अभिव्यक्तिबमोजिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा ज्ञानेन्द्र राज आरणसमेतले रिट दायर गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds