स्टार चिल्ड्रेनको सामाजिक लेखा परीक्षण सम्पन्न

स्टार चिल्ड्रेनको सामाजिक लेखा परीक्षण सम्पन्न

star children

पोखरा । स्टार चिल्ड्रेन कास्की नेपालको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार स्टार चिल्ड्रेनले गत आर्थिक वर्ष २०७८/७९ को सामाजिक लेखा जोखा कार्यक्रमम सम्पन्न गरेको हो ।

कार्यक्रमको स्वास्थ्य निर्देशनालय पोखराका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासन प्रमुख हेमन्त शर्मा पौडेलले उद्घाटन गरे । उनले संस्थाले बालबालिकाका क्षेत्रमा गरेको कार्यहरुको प्रंशसा गर्दै समस्या परेको अवस्थामा ३ वटै तहका सरकारसँग समन्वय गरेर अगाडी बढ्न सुझाव दिए । उनले बालबालिकाको शिक्षा र रोजगारीका सवालमा पनि चुनौती हुनसक्ने भन्दै यसलाई दिगोरुपमा समाधानका लागि तयारी गर्न पर्नेमा जोड दिए ।

जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्रीराजआचार्य बालबालिका संवेदनशिल क्षेत्र रहेको भन्दै बालबालिकाका क्षेत्रमा काम गर्ने संस्थहरु झनै संवेदनशिल हुन जरुरी रहेको बताए ।

गैसस महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष पदम पहारीले पोखरामा सञ्चालित बालगृहहरु सरकारी मापदण्ड अनुसार रहेको बताए । उनले सामाजिक परीक्षणले सुशासन र पारदर्शिताका हिसावले सरल रुपले बुझ्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक शाखाका बरिष्ठ अधिकृत तथा बाल कल्याण अधिकारी विष्णुमाया पौडेलले बालबालिका सम्बन्धी ऐन, नियममा रहेर बालगृह सञ्चालन गर्न आग्रह गरिन् । उनले पोखरा महानगर सहकार्यका लागि तयार रहेको बताइन् ।

राष्ट्रिय बाल अधिकार परिषद गण्डकी प्रदेश समन्वय अधिकारी बद्रीप्रसाद वाग्लेले बालअधिकार संरक्षण संवेदनशिल क्षेत्र रहेको बताए । उनले सरकारले तोकेको मापदण्ड अनुसार सञ्चालन गर्न आग्रह गरे ।

कार्यक्रममा अधिकारकर्मी बिजयकुमार प्रधान, मनोजकुमार गुरुङ, विदुर भण्डारी लगायतले बोलेका थिए ।

२०६० सालमा स्थापना भएको संस्थाले एच.आई.भी संक्रमित तथा प्रभावित बालबालिकाका क्षेत्रमा काम गर्दै आइरहेको छ । संस्थामार्फत हाल १८ जनाले आश्रय लिइरहेका छन् । संस्थाले बालगृह र नवजीवन केन्द्र गरि २ वटा परियोजना सञ्चालन गरिरहेको छ ।

संस्थाका कार्यवहाक अध्यक्ष तारा प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार दीपेन्द्र श्रेष्ठले संस्थाको गतिविधिमा आधारित सामाजिक लेखा परीक्षण प्रस्तुती राखेका थिए । सहभागिहरुबाट उठेका जिज्ञासाको संस्थाका प्रमुख कार्यकारी अधिकृत मोहन त्रिपाठीले प्रष्ट पार्दै आगामी दिनमा सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ