पोखरा । स्टार चिल्ड्रेन कास्की नेपालको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार स्टार चिल्ड्रेनले गत आर्थिक वर्ष २०७८/७९ को सामाजिक लेखा जोखा कार्यक्रमम सम्पन्न गरेको हो ।
कार्यक्रमको स्वास्थ्य निर्देशनालय पोखराका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासन प्रमुख हेमन्त शर्मा पौडेलले उद्घाटन गरे । उनले संस्थाले बालबालिकाका क्षेत्रमा गरेको कार्यहरुको प्रंशसा गर्दै समस्या परेको अवस्थामा ३ वटै तहका सरकारसँग समन्वय गरेर अगाडी बढ्न सुझाव दिए । उनले बालबालिकाको शिक्षा र रोजगारीका सवालमा पनि चुनौती हुनसक्ने भन्दै यसलाई दिगोरुपमा समाधानका लागि तयारी गर्न पर्नेमा जोड दिए ।
जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्रीराजआचार्य बालबालिका संवेदनशिल क्षेत्र रहेको भन्दै बालबालिकाका क्षेत्रमा काम गर्ने संस्थहरु झनै संवेदनशिल हुन जरुरी रहेको बताए ।
गैसस महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष पदम पहारीले पोखरामा सञ्चालित बालगृहहरु सरकारी मापदण्ड अनुसार रहेको बताए । उनले सामाजिक परीक्षणले सुशासन र पारदर्शिताका हिसावले सरल रुपले बुझ्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक शाखाका बरिष्ठ अधिकृत तथा बाल कल्याण अधिकारी विष्णुमाया पौडेलले बालबालिका सम्बन्धी ऐन, नियममा रहेर बालगृह सञ्चालन गर्न आग्रह गरिन् । उनले पोखरा महानगर सहकार्यका लागि तयार रहेको बताइन् ।
राष्ट्रिय बाल अधिकार परिषद गण्डकी प्रदेश समन्वय अधिकारी बद्रीप्रसाद वाग्लेले बालअधिकार संरक्षण संवेदनशिल क्षेत्र रहेको बताए । उनले सरकारले तोकेको मापदण्ड अनुसार सञ्चालन गर्न आग्रह गरे ।
कार्यक्रममा अधिकारकर्मी बिजयकुमार प्रधान, मनोजकुमार गुरुङ, विदुर भण्डारी लगायतले बोलेका थिए ।
२०६० सालमा स्थापना भएको संस्थाले एच.आई.भी संक्रमित तथा प्रभावित बालबालिकाका क्षेत्रमा काम गर्दै आइरहेको छ । संस्थामार्फत हाल १८ जनाले आश्रय लिइरहेका छन् । संस्थाले बालगृह र नवजीवन केन्द्र गरि २ वटा परियोजना सञ्चालन गरिरहेको छ ।
संस्थाका कार्यवहाक अध्यक्ष तारा प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार दीपेन्द्र श्रेष्ठले संस्थाको गतिविधिमा आधारित सामाजिक लेखा परीक्षण प्रस्तुती राखेका थिए । सहभागिहरुबाट उठेका जिज्ञासाको संस्थाका प्रमुख कार्यकारी अधिकृत मोहन त्रिपाठीले प्रष्ट पार्दै आगामी दिनमा सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह