एमालेबाट उपराष्ट्रपतिमा अष्टलक्ष्मीको उम्मेदवारी दर्ता

एमालेबाट उपराष्ट्रपतिमा अष्टलक्ष्मीको उम्मेदवारी दर्ता

Astalaxmi-Shakya

काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।

एमाले उपाध्यक्ष शाक्यले आज (शनिबार) उपराष्ट्रपतिको लागि संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।

अध्यक्ष ओलीसहित नेताहरु सुवास नेम्वाङ, शङ्कर पोखरेल, विष्णु रिमाल, गोकर्ण विष्ट लगायत संघीय संसद् भवन नयाँ बानेश्वर पुगेका थिए।

आज बिहान बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।

एमालेले शाक्यलाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाएको यो दोस्रो पटक हो । यसअघि २०६५ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा पनि उनलाई उम्मेदवार बनाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds