प्रदेश नामकरणको विरोधमा आज कोशी प्रदेश बन्द

प्रदेश नामकरणको विरोधमा आज कोशी प्रदेश बन्द

koshi-pradesh-1

काठमाडौं । प्रदेश नामकरणको विरोधमा कोशी प्रदेशमा आज आइतबार बन्द आह्वान गरिएको छ ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न दश वटा पार्टी तथा सङ्घ संस्थाहरुले प्रदेश नामकरणको विरोध गर्दै आज बन्द गरेका हुन् ।

जातीय पहिचान अनुसार प्रदेशको नामकरण गरिनु पर्नेमा कोशी नामकरण गरिएको भन्दै त्यसलाई सच्याउनु पर्ने मागसहित उनीहरुले बन्द गरेका हुन् ।

बन्दका कारण प्रदेशमा आइतबार बिहान सवारी साधन चलेका छैनन् । बन्दकर्ताहरु सडक उभिएर यातायातका साधन नचलाउन रोकिरहेका छन् ।

उनीहरुले शनिबार साँझ कोशी प्रदेशका विभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन गरेका थिए ।

जातीय नामाकरण गर्नुपर्ने विवादका कारण प्रदेश सभाको अघिल्लो कार्यकालमा प्रदेशको नामाकरण समेत हुन सकेको थिएन । तर, यस पटक प्रदेश सभाले सुरूमै प्रदेशको नामाकरण कोशी गर्न सफल भएपछि जातीय समूहहरु आन्दोलनमा उत्रिएका हुन् ।

९३ सदस्यीय प्रदेशसभामा ८२ जनाले कोशी प्रदेशको पक्षमा मतदान गरेका थिए । विपक्षमा ४ मत मात्रै परेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ