गोरखामा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ जना घाइते

गोरखामा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ जना घाइते

gorakha-accident

गोरखा । गोरखामा मिनीट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । सातजना घाइते भएका छन्।

सोमबार दिउँसो १ बजे सदरमुकामस्थित बिसौनीमोडमा प्रदेश नं ३ ०१–००३–६१७० नम्बरको दूध बोक्ने मिनीट्रक पल्टिएको हो ।

उक्त दुर्घटनामा घाइते भएका एकजनाको गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

सवारी दुर्घटनाबाट घाइतेहरू कसैको पनि पहिचान खुल्न सकेको छैन। उनीहरूको गोरखा अस्पतालमा उपचार भइरहेको छ ।

बसपार्कबाट हरमटारीतर्फ जाँदै गरेको सो मिनीट्रकले सडकमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिएर करिब ५० मिटर तल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयमा ठोक्किन पुगेको थियो।

साथै सो गाडीले बा.८६प १७८६ नम्बरको मोटरसाइकललाई समेत लतारेर लगेको छ। मोटरसाइकलमा सवार दुवैजना गम्भीर घाइते भएका छन्। गाडीको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ