गोरखामा भएको मिनी ट्रक दुर्घटनामा मृत्यु हुने २ पुगे

गोरखामा भएको मिनी ट्रक दुर्घटनामा मृत्यु हुने २ पुगे

gorakha-accident

गोरखा । गोरखामा सोमबार भएको मिनी ट्रक दुर्घटनाका घाइतेमध्ये थप एक जनाको मृत्यु भएको छ ।

दोलखा घर भई हाल राष्ट्रिय वाणिज्य बैक गजुरी शाखामा कार्यरत बिष्णु खड्काको उपचारका लागि भरतपुर लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सवार बा ८६ प १७८५ नम्वरको मोटरसाइकललाई विपरीत दिशाबाट अनियन्त्रित रुपमा आएको मिनी ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामा परी ट्रक चालक (सवारी धनि समेत रहेका) गोरखा आरुघाटका उमेश श्रेष्ठको मृत्यु भएको थियो ।

दुर्घटनामा शहीद लखन गाउँपालिका–७ घर भएका ३० वर्षकी रमला राना मगर, ५९ वर्षका लालबहादुर गुरुङ र ६८ वर्षका नारायण भुजेल, बुद्धिबहादुर नेपाली, गोरखा नगरपालिका १० की ४९ वर्षकी सावित्री विक, बर्दिया घर भएका २८ वर्षका मङ्गल चौधरी घाइते भएका छन् । उनीहरुमध्ये भुजेलको गोरखा अस्पताल र अन्यको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सोमबार दिउँसो करिव एक बजे गोरखा बसपार्कबाट आँबुखैरेनी जादै गरेको प्रदेश ३–०१–००३ क ६१७० नम्वरको मिनी ट्रक अनियन्त्रित भइ गोरखा नगरपालिका–६ बिसौनीमोडमा सडकदेखि करिव २० मिटर तल खसेको थियो ।

नियन्त्रित रुपमा आएको उक्त ट्रकले विपरीत दिशाबाट आएको मोटरसाइकल र केही पैदल यात्रीलाई समेत लातार्दै लगेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ