गोरखा । गोरखामा सोमबार भएको मिनी ट्रक दुर्घटनाका घाइतेमध्ये थप एक जनाको मृत्यु भएको छ ।
दोलखा घर भई हाल राष्ट्रिय वाणिज्य बैक गजुरी शाखामा कार्यरत बिष्णु खड्काको उपचारका लागि भरतपुर लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सवार बा ८६ प १७८५ नम्वरको मोटरसाइकललाई विपरीत दिशाबाट अनियन्त्रित रुपमा आएको मिनी ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटनामा परी ट्रक चालक (सवारी धनि समेत रहेका) गोरखा आरुघाटका उमेश श्रेष्ठको मृत्यु भएको थियो ।
दुर्घटनामा शहीद लखन गाउँपालिका–७ घर भएका ३० वर्षकी रमला राना मगर, ५९ वर्षका लालबहादुर गुरुङ र ६८ वर्षका नारायण भुजेल, बुद्धिबहादुर नेपाली, गोरखा नगरपालिका १० की ४९ वर्षकी सावित्री विक, बर्दिया घर भएका २८ वर्षका मङ्गल चौधरी घाइते भएका छन् । उनीहरुमध्ये भुजेलको गोरखा अस्पताल र अन्यको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सोमबार दिउँसो करिव एक बजे गोरखा बसपार्कबाट आँबुखैरेनी जादै गरेको प्रदेश ३–०१–००३ क ६१७० नम्वरको मिनी ट्रक अनियन्त्रित भइ गोरखा नगरपालिका–६ बिसौनीमोडमा सडकदेखि करिव २० मिटर तल खसेको थियो ।
नियन्त्रित रुपमा आएको उक्त ट्रकले विपरीत दिशाबाट आएको मोटरसाइकल र केही पैदल यात्रीलाई समेत लातार्दै लगेको थियो ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा