पोखराकाे प्रतिभा उच्च माध्यमिक विद्यालयमा दन्त शिविर सम्पन्न भएको छ । मनिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको निःशुल्क शिविरमा विद्यालयका ४ सय १५ जना विद्यार्थीहरुले दन्त परिक्षण गरेका छन् ।
शिविरमा विद्यालयका कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने छात्रछात्राहरुले दाँतको परिक्षण गरेका थिए । परिक्षणमा जटिल समस्या देखिएकाहरुलाई अस्पताल रिफर गरिएको छ ।
मंगलबार भएको कार्यक्रममा स्वास्थ्य परिक्षण गरेकालाई निःशुल्क आवश्यक औषधिको समेत वितरण गरिएको थियो । जटिल समस्या देखिएमा शिविरको बिरामी पूर्जाको आधारमा मनिपाल शिक्षण अस्पतालले उक्त बिरामीलाई छुटकाे व्यवस्था गरेको छ।
अस्पतालले विभिन्न संघ संस्थाहरुको समन्वयमा वर्षमा सय स्वास्थ्य शिविर गर्ने योजना अन्तर्गत प्रतिभा स्कुलमा ११ औँ कार्यक्रम गरिएको अस्पतालका सहायक बजार व्यवस्थापक खिम बहादुर लामिछानेले बताए ।
स्कूलका विद्यार्थी र शिक्षकहरूको मौखिक स्वास्थ्य सुधार गर्ने शिविरले सहयाेग पुर्याउने व्यवस्थापक लामिछानेले जानकारी दिए । शिविरले मौखिक स्वास्थ्यको बारेमा चेतना जगाउने मात्रै नभएर समुदायको समग्र कल्याणमा पनि योगदान हुने लामिछानेकाे विश्वास छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?