पोखरा । इतिहास तथा संस्कृति विभाग, पृथ्वीनारायण क्याम्पसले स्नातकोत्तर तहमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागतका साथै अभिमुखीकरण कार्यक्रम गरेको छ ।
विभागका प्रमुख बसन्त पराजुलीले इतिहास विषयको परिचय र महत्वका विषयमा प्रकाश पारेका थिए । ‘बाहिरबाट हेर्दा इतिहास भन्नासाथ राजा, महाराजा, सम्राट र शासकहरूको जीवनी र गाथालाई मात्र लिने गरिन्छ । तर, आज इतिहास युद्धको वर्णन र आविष्कारहरूको घटनामा मात्र सीमित छैन।’ पराजुलीले भने– ‘इतिहासले विगतबारे जानकारी दिन्छ । अनुभव र पाठले वर्तमानमा सही दृष्टिकोण तयार गर्न मद्धत मिल्छ ।’
डा. दीर्घमान गुरुङले विद्यार्थीलाई सक्रिय र क्रियायाकलापमुखी बन्न अनुरोध गर्दै इतिहास विगतका ज्ञानको व्यवस्थित निरन्तरता भएकाले भरपूर उपयोग गर्न सुझाव दिए ।
सहप्राध्यापक अर्जुनबहादुर भण्डारीले आलोचनात्मक चिन्तन गर्न सक्ने, सामयिक क्षमता र कौशल भएका जागरुक नागरिक बन्न सकिने भएकाले इतिहास विषयको रोजाई सही भएको उल्लेख गरे । भण्डारीले अब राजा महाराजाको वृतान्त भन्दा समयसापेक्ष विषयमा ज्ञान लिन जरुरी रहेकोमा जोड दिए ।
उपप्राध्यापक चन्द्रकान्त पौडेलले सही तरिकाले इतिहास पढ्न सक्यौं भने उपयोगी र ऐतिहासिक काम गर्ने बानी बसाल्ने बनाए । सूचनाको स्रोत पत्ता लगाउन र तिनको समीक्षा गर्न उनीहरू बढी निपूर्ण हुने र प्रमाण तथा कथनहरूको सत्य पहिचान र मूल्याङ्कन गर्ने तरिका पनि उनीहरूले जान्ने बताए ।
उपप्राध्यापक नारायणप्रसाद ढकालले इतिहास तथ्य र प्रमाणसहित हुने र विनातथ्य इतिहास नबन्ने भएकाले सही शिक्षा नै इतिहास भएको ठम्याए । उनले विश्वमा इतिहासको महत्व झन् झन् बढिरहेको उल्लेख गर्दै विश्वभर सबै विश्वविद्यालयहरूमा इतिहासको पढाइ हुने उल्लेख गरे ।
इतिहास विषयका प्राध्यापकहरूले पछिल्लाे समय इतिहास विषयमा फेरि चाख बढ्दै गएकाे र विद्यार्थीकाे संख्यामा वृद्धि भएकाेमा खुशी व्यक्त गरे ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन