पोखरा । सरकारले आउँदो वर्ष २०८० मा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ ।
शनिबार बाहेक वर्षभरिमा दिइने सार्वजनिक बिदामा यस पटक माओवादीको जनयुद्ध दिवस पनि समावेश गरिएको छ ।
दशैंमा ६ दिन र तिहारमा ५ लामो बिदा परेका छन् । २०८० मा शनिबार बाहेक ३५ दिन बिदा हुने भएको छ ।
गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको बिदाको सूचीमा परेका २४ वटा सार्वजनिक बिदाका दिनमा भने सरकारी कार्यालयहरु खुला रहने जनाइएको छ ।
सरकारी कार्यालय खोल्ने बिदाका दिनहरुमा १४ वटा चाड पर्व बिदा, ४ वटा जात्रा बिदा, ४ वटा दिवस बिदा र २ वटा जयन्ती बिदा रहेका छन् ।