राष्ट्रिय शहीदहरुको नामावली राजपत्रमा प्रकाशित

राष्ट्रिय शहीदहरुको नामावली राजपत्रमा प्रकाशित

nepal-rajpatra

काठमाडौँ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र द्वन्द्वका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ ।

गएको फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका शहीदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय शहीदको मान्यता दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएर शहीदहरूको अभिलेख माग गरेको थियो । ७७ जिल्लाबाट प्राप्त अभिलेखका आधारमा शहीदहरूको नामावली राजपत्रमा प्रकाशित भएको छ । जनयुद्धका शहीदहरूले राष्ट्रिय शहीदको मान्यता पाउनुपर्ने माग यसअघि उठ्दै आएको थियो ।

राजपत्रमा प्रकाशित भएपछि जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएकाले राष्ट्रिय शहीदको मान्यता पाएका छन् । राष्ट्रिय शहीदका परिवारले यसअघि शहीद घोषणा भइ राज्यबाट प्राप्त गरेको सरह क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds