काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि पुनः काठमाडौं नै फर्काइएको छ ।
शनिबार बिहान बुद्ध एयरको यु ४१३३ जहाजमा एक्कासि प्राविधक समस्या देखिएपछि सिमराको आकाशबाट फर्काएर पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै अवतरण गरिएको हो।
जहाज स–कुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको छ ।
हाल उक्त जहाजको प्राविधिक जाँच भइरहेको बताइएको छ । जहाजमा ६२ जना यात्रु सवार थिए ।