कास्की । कास्कीको ताङतिङमा अवस्थित नौंचु पैंगीलामा महायान बौद्व गुम्बाको उद्घाटन सम्पन्न भएको छ । गत असारमा पुनर्निर्माण गरिएको भवनको उद्घाटन शुक्रबार गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङद्वारा गरेका हुन् ।
उद्घाटन कार्यकम्रमा बोल्दै प्रदेश प्रमुख गुरुङले भाषा, संस्कार र संस्कृतिको जगेर्नामा अरु गुरुङ गाउँ भन्दा ताङतिङ अगाडी रहेको कुरा बताए । ‘पञ्चायत कालमा धार्मिक स्वतन्त्रता थिएन । तर मुलुकमा व्यवस्था परिवर्तन भएपछि सबै जातजातिहरुले आफ्नो भाषा, संस्कार र संस्कृतिको विकास गर्न पाएको छ ।’ उनले भने, ‘फलस्वरूप अहिले जुन सुकै गुरुङ गाउँ जानु त्यहाँ अत्याधुनिक गुम्बा निर्माण भएको छ ।’ उनले बुद्धको पुजा गर्दैमा बौद्व धर्मलम्वी नहुने र असली बौद्व धर्मलम्वी हुन बुद्धको पंचशीललाई आफ्नो जीवनमा लागु गर्नु पर्ने बताए ।
कार्यक्रममा मादीका प्रमुख देबिजंग गुरुङ, उपप्रमुख कल्पना गुरुङ, स्थानीय जनप्रतिनिधि, राजनैतिक दलका नेताहरु,बौद्व धर्मलम्वीहरू, देशभरीका पैंगीलामाहरु उपस्थित भएका थिए । बौद्व अर्घौ सदन रामघाटका प्रमुख लामागुरु सिरलामा सहित २ दर्जन भन्दा बढि बौद्वलामाद्वारा ३ दिन पूजापाठ गरेका थिए । कार्यक्रममा गुम्बा निर्माण व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष विर्जमान गुरुङले गुम्बाको निर्माण कार्यमा सहभागी सबैलाई धन्यवाद प्रकट गरे ।
यसै बीच गण्डकी प्रदेश सरकारका कृषि, उर्जा तथा जलस्रोत मन्त्री बेद बहादुर गुरुङद्वारा बिहिबार ताङतिङ पुगेर स्थानीयलाई भेटघाट गरेका थिए । गुरुङलाई स्थानीय जनताले फुलमाला र लालीगुराँसले स्वागत गरेका थिए । उनले जन्मभूमि आउदा स्थानीयले देखाएको मायाले आफू खुसि लागेको र यसको गुन तिर्ने बाचा गरे ।
गुरुङले बौद्व गुम्बा, धार्मिक स्थल नौचु डांडा पुगेर पुजा गर्नुको साथै मादी २ र ६ जोड्ने पुल, निर्माणाधीन खेलमैदानको अवलोकन गरेका थिए । उनले धार्मिक स्थल रुपमा परिचित नौचु डांडालाई पर्यटकिय रुपमा चिनाउने आफ्नो सपना रहेको बताए । ‘यति सुन्दर प्राकृतिक गार्डेनमा अब एउटा कृतिम पोखरी बनाउने योजना छ । यस ठाउँलाई अभैm ब्यबस्थित बनाएपछि पर्यटक ओइरिन्छ ।’ गुरुङले भने । उनले आफू मादीको अध्यक्ष हुँदा क्रपू क्षेत्रमा पर्यटक ल्याउन थुप्रै काम गरेको दाबी समेत गरे ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन