राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

dhaaka (1)

पोखरा । प्रतिनिधी सभा सदस्य ढाका कुमार श्रेष्ठले राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

पोखरा महानगरपालिका ९ मा रहेको विभिन्न टोलका सुकुमबासी संग अन्रक्रिया कार्यक्रममा उनले राज्यले सुकुमबासीको समस्या समाधान गर्ने पहल नगरेको बताएका छन् ।

अहिलेसम्म विभिन्न पार्टीले भोट बैक बनाएको भन्दै उनले आफुले सुकुमबासीको समस्या समाधान गर्नको लागि लागि पर्ने सुनाए ।

कतिपय सुकुमबासीले उपचार गर्ने पैसा पनि नपाउदा उनले आफुले निशुल्क उपचार गरेको अनुभव सुनाए । राज्य हरेक समस्याको हल गर्ने पक्षमा हुनुपर्ने उनको भनाइ छ ।

सुकुमबासीको समस्याको बारेमा आफु जानकार रहेको भन्दै समस्या समाधानको लागि सक्दो पहल गर्ने बताए ।

पोखरा ९ पार्वती टोल विकास संस्थाका अध्यक्ष भिम बहादुर पुनले राज्यले शरणार्थीलाइ भन्दा सुकुमबासीलाइ हेला गरेको बताए ।

‘शरणार्थिलाई भवन बनाएर बस्ती बसाएको छ,’पुनले भने,‘हामीलार्य बस्ने जमिन पनि दिएको छैन कहिले हटाउने हो भन्ने थापा छैन ।’
३ पुस्ता सुकमबासी भएर बस्दा सम्म राज्यले लालपुर्जा दिनमा ध्यान नदिएको पुनको भनाइ छ ।

राधिका सिङखडा नेता देख्नेबित्तिकै आफुलाई लापुर्जा दिन आएको जस्तो लाग्ने तर अहिलेसम्म निराश भएको बताइन् ।

संयुक्त टोल विकास संस्थाका अध्यक्ष राजु परियाले सुकुमबासी टोलमा विकासका योजना ल्याृउदा सुकुमबासीलाई असर पर्ने गरेर काम गर्न नपाइने बताए । सुकुमबासी संग सहकार्य नगरी सुकुबासी बस्तीलाई असर गर्ने गरेर विकासका योजना अघि बढाउन नपाइने बताए ।

कृष्ण परियारले ५० वर्ष अघि सुकुमबासी टोलमा स्थापना भएका स्कुलको नाममा जग्गा नपाएको गुनासो गरे । सुकुमबासीको समस्या हल भएमा मात्र आफुहरुको जित हुने परियारको भनाइ छ ।

कृष्ण टोल बिकास संस्थाका अध्यक्ष कान्छा लामाले नारा जुलुस लगाउनुपर्ने ठाउँमा, आन्दोलन गर्नुपर्ने ठाउँमा मात्र सुकुमबासीलार्य प्रयोग गरेको दुखेसो पोखे ।

राष्ट्रिय स्वतन्त्र पार्टिका प्रदेश सदस्य राजु राइले आफु सुकुमबासी आन्दोलमा संगै रहेको जानकारी दिदै सुकुबासी आयोगमा बस्नेले नै सुकुमबासीको समस्या समाधानमा ध्यान नदिएको बताए ।

सुकुमबासीको समस्या संगै आयोगमा बस्नेले अहिलेसम्म के भष्ट्र काम गरे यो विषयमा सबै बोल्नुपर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ