बाजुरामा भूकम्पको धक्का

बाजुरामा भूकम्पको धक्का

_earthaque-bhukampa

बाजुरा। बाजुरामा गएराति भूकम्प गएको छ ।

गएराति १० बजेर २७ मिनेटमा बाजुराको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

भूकम्पको धक्का जिल्ला सदरमुकामका साथै आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्याएको विवरण भने आएको छैन ।

पछिल्लो समय बाजुरालाई केन्द्रबिन्दु बनाएर लगातारजसो भूकम्प गइरहेको छ । यसअघि गएको फागुनको १० गते ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।

माघको १० र १२ गते पनि बाजुरामा भूकम्पको धक्का महसुस गरिएको थियो । माघ १० गते ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । पश्चिम नेपालमा ५ सय वर्षभन्दा लामो समयदेखि ठूलो भूकम्प नगएको र त्यहाँको भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेकाले जोखिम कायमै रहेको भूगर्भविद्ले बताउँदै आएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ