Gandak News
Our News Your Views

पदम लिम्बुको परिवारलाई प्रदेश सरकारले ३ लाख दिने

विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बु (लाजेहाङ) को परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ राहत दिने भएको छ ।

आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले मृतकको परिवारलाई तत्काल राहत स्वरुप ३ लाख रूपैयाँ दिने निर्णय गरेको हो ।

कोशी प्रदेश नामकरणको विरोधमा ५ चैतमा विराटनगरमा भएको विरोध प्रदर्शनका क्रममा घाइते भएका लिम्बुको उपचारका क्रममा १० चैतमा मृत्यु भएको थियो । प्रदेश सरकारले लिम्बुको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकलाई श्रदाञ्जली र परिवारमा समवेदना प्रकट गरेको छ ।

बैठकले घटनाको छानबिनका लागि संघीय सरकारले गठन गरेको समितिलाई सहयोग गर्ने पनि निर्णय गरेको छ ।

लोड हुँदै ...