काठमाण्डाै। अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै वाग्लेले २०४२ सालको सत्याग्रह र २०४६ को जनआन्दोलनदेखिको आफ्नो संलग्नता एवम् ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको जानकारी दिएका हुन् ।
उनले कांग्रेसमा बसेर ३० वर्षदेखि परोक्ष र गएकाे १० वर्षदेखि प्रत्यक्षरूपमा आर्थिक नीति र योजना, विमर्श र प्रशिक्षण एवम् अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेको स्मरण गरे । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाउनका लागि स्वर्गीय सभापति सुशील कोइराला र वर्तमान सभापति शेरबहादुर देउवा दुवैले दिएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर देशको मान राख्न सकेकोमा गर्व लागेको प्रतिक्रिया दिए।
उनका अनुसार पछिल्ला वर्षहरूमा कांग्रेस पार्टीभित्रका गतिविधिहरू नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शिर निहुरिने अवस्था आएको र जननायक वीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किसुनजीको ऐतिहासिक दल अहिले दाइ/भाउजु, साला/भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा रहेकाले दल छाड्न बाध्य भएको वाग्लेले स्पष्ट पारेका छन्।

सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो