पोखरा । ‘रोटरी क्लब अफ गण्डकी’ अन्तरराष्ट्रिय क्लब रोटरी इन्टरनेशनलमा दर्ता भएको छ ।
रोटरी क्लब अफ बुटवल चौतारीको प्रायोजनमा ४४ जना चार्टर सदस्यसहित ‘रोटरी क्लब अफ गण्डकी’ दर्ता भएको हो ।
सामाजिक काममा क्रिायशिल रोटरी इन्टरनेश्नलमा ‘रोटरी क्लब अफ गण्डकी’ दर्ता भएसँगै सो क्लबको अध्यक्षको (चार्टर प्रेसिडेन्ट ) जिम्मेवारी युवा व्यवसायी किसान सुनारले पाएका छन् ।
यस्तै प्रेसिडेन्ट इलेक्टमा सुवास ढुंगाना, प्रेसिडेन्ट नोमिनीमा निर्देशन कुमार चुल्याजु, भाइस प्रेसिडेन्टमा डा. सञ्जय कोइराला, सेक्रेटरीमा नवराज आचार्य, ट्रेजरीमा तारानाथ ढुंगाना, जेटी सेक्रेटरीमा कृष्ण प्रसाद तिमिल्सिना, जेटी ट्रेजरीमा कमल विश्वकर्मा, क्लब एड्मिनिस्ट्रेसनको चेयरमा राजु कुमार पौडेल, मेम्बरसिपको चेयरमा किसान गिरी, पब्लिक रिलेसनको चेयरमा शान्ता बहादुर लामिछाने रहेका छन् ।
क्लबको सर्भिस प्रोजेक्टको चेयरमा ज्ञान बहादुर नेपाली, द रोटरी फाउण्डेशनको चेयरमा डा. दिनेश कुमार विक, सर्जेन्ट एटीआर्मसमा तारानाथ भण्डारी, इडिटरमा कमिल खान, न्यू जेनेरेसनमा गौतम सुनार र फण्ड राइजिङको चेयरको जिम्मेवारी पूर्ण बहादुर लामगादेले सम्हाल्ने छन् ।
उक्त क्लब नेतृत्वको जिम्मेवारी पाएसँगै स्वार्थ भन्दा माथि उठेर सधैं सामाजिक सेवामा लागिरहने चार्टर प्रसिडेन्ट किसान सुनारले बताए । ‘रोटरी क्लब अफ गण्डकी विधिवत रुपमा दर्ता भएका छौं, सुनारले भने, ‘आगामी दिनमा हाम्रो सिङ्गो टिम स्वार्थ भन्दामाथि उठेर सामाजिक काममा लागिरहने छौं ।’
शिक्षा, स्वास्थ्य पहुँच, बालअधिकार, अर्थतन्त्र, वातावरण, आधारभूत आवश्यकता तथा सामाजिक कार्यमा क्रियाशिल रोटरी क्लब नेपाल– भुटान डिस्ट्रिक्ट ३२९२ भित्र १ सय ६५ वटा क्लब छन् भने विश्वभर करिब ४६ हजार बढी क्लबहरु सक्रिय छन् ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर