चितवन २ मा रवि लामिछानेको उम्मेदवारी कायम

चितवन २ मा रवि लामिछानेको उम्मेदवारी कायम

rabi

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कामय भएको छ । वैशाख १० गतेका लागि तोकिएको चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा उम्मेदवारी दिएका लामिछानेको उम्मेदवारी कायम भएको हो ।

लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै उनी विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चार वटा उजुरी दर्ता भएका थिए ।

उमेदवार तथा उमेदवारका प्रतिनिधिले तीन वटा र काठमाडौँबाट युवराज पौडेल (सफल)ले इमेलमार्फत एउटा उजुरी दर्ता गरेका थिए ।

लामिछानेले अमेरिकी आवासीय पत्र त्यागेको ३ महिना नपुग्दै चितवन–२ मा उमेदवारी दर्ता गरेको भन्दै उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको थियो ।

निर्वाचन अधिकृतको कार्यालय भरतपुरले लामिछानेको उम्मेदवारी बदर हुनुपर्ने कुनै कारण नदेखिएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds