हेमजा । हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्र्तगत सोमबार कृषक र विज्ञ बीच अन्र्तक्रिया भएको छ ।
पोखरा महानगरपालिका कृषि महाशाखाको सहजीकरणमा भएको उक्त कार्यक्रमका बीच किसानहरुले कृषि पेशा गर्दा आइपर्ने अप्ठ्यारो, कृषि उत्पादन तथा बजारीकरण सम्बन्धमा देखिएका विभिन्न समस्या एवम् चुनौतीबारे जिज्ञासा राखे।
त्यस अवसरमा किसानहरुको जिज्ञासाको जवाफ वरिष्ठ वाली संरक्षण अधिकृत शालिकराम अधिकारी, आलु विज्ञ श्यामप्रसाद ढकाल, कृषि महाशाखा प्रमुख मनोहर कडरियाँ, कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्ता तिमिल्सीना, हेमजाका अग्रज कृषक चित्रनाथ पौडेल लगायतले दिए।
कृषि महाशाखा प्रमुख मनोहर कडरियाँले एमएस् ४२ जातको निलो आलु हेमजाको पहिचान भएको उल्लेख गर्दै पछिल्लो भुउपयोग नियमावली अनुसार हेमजामा कृषि भुमि घट्नु दुखद् भएको औँल्याए।

आलु विज्ञ श्यामप्रसाद ढकालले आफ्नो पहलमा एमएस् ४२ जातको आलुलाई राज्यले सूचिकरण गरेको दावी गर्दै सुचीकरणसँगै निरोगी मूल बीउ उत्पादन गर्न सहज भएको स्पष्ट पारे।
कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्ता तिमिल्सीना हेमजामा आलु खेती गर्ने जमिन घटेको भएपनि उत्पादकत्व भने बृद्धि हुँदै गएको जनाए।
महोत्सव अन्र्तगत सोमबार लोकदोहोरीतर्फ रचना रिमाल, मञ्जु विक, अमर धिताल, नवराज अधिकारी र दुर्गा क्षत्री साथै पपतर्फ टुकी, सन्तोष बस्याल र बवि सुनारले प्रस्तुतिहरु राखे।
त्यस्तै मंगलबार लोकदोहोरीतर्फ शिव हमाल, शिवहरी ढुङगाना र तुलसा क्षेत्री साथै पप कन्सर्टतर्फ उमेश, सन्जिव सिंह र ओम गुरुङका प्रस्तुतिहरु रहने आयोजकले जनाएको छ ।

‘सुन्दर ठाउँ हेमजा जाऔँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव गरिएको हो ।महोत्सवमा प्रतिकिलो रु.३५ मा आलुको कारोवार भइरहेको भने करिव ४० टन आलु विक्रीवितरण हुने आयोजकको अपेक्षा छ।
महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम रहेका छन्।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह