हिम पहिरोमा परी सगरमाथामा तीन जना आरोही बेपत्ता

हिम पहिरोमा परी सगरमाथामा तीन जना आरोही बेपत्ता

him pahiro

सगरमाथामा हिमपहिरोमा परि तीन जना शेर्पा बेपत्ता भएका छन् । आरोहीहरूको सामान लिएर सगरमाथाको आधार शिविरबाट पहिलो शिविर जाँदै गरेका उनीहरू खुम्बु आइसफल भन्दा माथि र पहिलो शिविरभन्दा केही तल बिहान हिमपहिरोमा परेका सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसी) का अध्यक्ष लामाकाजी शेर्पाले बताए ।

बेपत्ता हुने तीनै जना खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का थेसुका शेर्पाहरू हुन्।

पाँच हजार सात सय मिटरको उचाइमा भएको दुर्घटनामा हराएकाहरूमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन् । उनीहरू इम्याजिन ट्रेक प्रालिबाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका थिए ।

उनीहरूको खोजीका लागि प्रयास भइरहेको भए पनि खोँच रहेका कारण उद्धारमा कठिनाई भइरहेको जनाइएको छ।

उद्धार लागि एसपीसीसीको टोली घटनास्थलमा रहेको छ । टोलीले सगरमाथाको दोस्रो शिविरसम्मको बाटो बनाउने काम गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ