पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले बजार अनुगमन गर्न सुरू गरेको छ । गाउँपालिका उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन शाखा प्रमुख नारायण क्षेत्री संयोजकत्वको टोलीले मंगलबारदेखि गाउँपालिकाका रेष्टुरेन्ट र किराना पसलमा अनुगन सुरू गरेको हो ।
बजार अनुगमनसम्बन्धी कार्यविधि २०७४ सालमै बने पनि गाउँपालिकाले बजार अनुगमन गरेको यो पहिलोपटक हो । २ महिनाअघि क्षेत्री संयोजक भएपछि पहिलोपटक अनुगमन थालिएको हो ।
मंगलबार अन्नपूर्ण–१ को फेदी, लेवाडे, नौडाँडा ३५ वटा रेष्टुरेन्ट र किराना पसलको अनुगमन गरिएको संयोजक क्षेत्रीले जानकारी दिए । ३५ मध्ये प्रायः किराना पसल र रेष्टुरेन्टमा म्याद गुज्रेका सामान भेटिएको उनले बताए । ‘आफैं त्यसलाई नष्ट गर्नुस् भन्यौं । अर्कोपटक भेटिए हामी नष्ट गर्छौं भन्ने चेतावनी दिएर एकपटकलाई छोडेका छौं,’ संयोजक क्षेत्रीले भने ।
उनकाअनुसार अनुगमन गरिएकामध्ये एकाधबाहेक पसलको नवीकरण मिति सकिएको पाइयो । नवीकरण नगरेकालाई एक हप्ताभित्र गाउँपालिकामा आएर कर चुक्ता गर्न लिखित चेतावनी दिइएको संयोजक क्षेत्रीले जानकारी दिए । ‘कतिपयले व्यवसाय दर्ता नगरेको पनि भेटियो । २०७५÷०७६ देखि नवीकरण मिति गुज्रेको पाइयो,’ संयोजक क्षेत्रीले थपे, ‘एक हप्ताको समय दिएर गाउँपालिकामा दर्ता गर्न, कर चुक्ता गर्न लिखित चेतावनी दिएका छौं । पछि फेरि फलोअप गर्छौं ।’
अन्नपूर्णमा ५ सदस्यीय बजार अनुगनम समिति छ । उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन शाखा प्रमुखको संयोजकत्वको टोलीमा गाउँपालिकाकै राजस्व शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, स्थानीय प्रहरी चौकीका प्रतिनिधि र एक जना पत्रकार सदस्य रहने व्यवस्था गाउँपालिकाको अनुगमन कार्यविधिले व्यवस्था गरेको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन