देशभर तापक्रम बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दियो यस्ता सुझाव

देशभर तापक्रम बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दियो यस्ता सुझाव

342518989_189394300615701_1081433996572780688_n

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तापक्रम बढेपछि सुरक्षाका उपायहरू अपनाउन अनुरोध गरेको छ । मन्त्रालयले तापक्रम बढेसंगै लु चल्न सक्ने सम्भावना रहेको र यसले स्वास्थ्यमा असर पार्न सक्ने भएकोले सचेत रहन भनेको हो ।

गर्मीको तातो हावा वा लु लाग्दा ह्रदयको गति तीव्र हुने, श्वासप्रश्वास र रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्किने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने र अचेत हुने हुनसक्ने भन्दै सुरक्षाका उपायहरु अपनाउन आग्रह गरेको हो ।

तातो हावा अथवा लु बाट बच्न दिउँसो घरबाहिर ननिस्कने, बाहिर निस्कने परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओड्ने, फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा बेलाबेला जीनवजल पिउनु आग्रह गरेको छ । त्यस्तै, चिसो पानीले नुहाउने, मदिरा सेवन नगर्ने, खेतबारीको काम सकभर बिहान बेलुका गर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने र चिया, कफि सोडा जस्ता पेय पदार्थ बढी नपिउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds