Gandak News
Our News Your Views

कोरोना संक्रमणका कारण एकको मृत्यु, १०६ जनामा संक्रमण पुष्टि

काठमाण्डौ। पछिल्लो २४ घन्टामा थप एक जनाको कोरोना संक्रमणका करण मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक जना कोरोना संक्रमितको मृत्यु भएको हो।

यस्तै, सोही अवधिमा १०६ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन्।

देशभरका १८८३ जनामा गरिएको परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो। भने, पछिल्लो २४ घन्टामा ४६ संक्रमित कोरोनामुक्त भएका छन्।

हाल देशभर कोरोनाका ४१४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

लोड हुँदै ...