चितवन क्षेत्र नम्बर-२ मा रवि लामिछानेको सानदार जित

चितवन क्षेत्र नम्बर-२ मा रवि लामिछानेको सानदार जित

rabi-lamichhane

चितवन क्षेत्र नम्बर –२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतका साथ विजयी भएका छन् ।
लामिछानेले ५४ हजार १७६ मत पाएर विजयी हुँदा कांग्रेसका उम्मेद्वार जीत नारायण श्रेष्ठले ११ हजार २१४ मत पाएका छन् । लामिछाने र श्रेष्ठको मतान्तर ४२ हजार ९६२ मतान्तर रहेको छ ।

यस्तै एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाएका छन् ।

यसअघि मंसिर ४ मा भएको चुनावमा यो क्षेत्रबाट लामिछाने नै निर्वाचित भएका थिए। त्यतिबेला उनले ४९ हजार ३०० मत पाएका थिए।

अमेरिकी नागरिकता लिएर फेरि नेपाली नागरिकता नलिएको मुद्दामा उनको सांसद पद गुमेको थियो। उनको सांसद पद गुमेका कारण चितवन-२ मा उपनिर्वाचन भएको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds