चितवन क्षेत्र नम्बर-२ मा रवि लामिछानेको सानदार जित

चितवन क्षेत्र नम्बर-२ मा रवि लामिछानेको सानदार जित

rabi-lamichhane

चितवन क्षेत्र नम्बर –२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतका साथ विजयी भएका छन् ।
लामिछानेले ५४ हजार १७६ मत पाएर विजयी हुँदा कांग्रेसका उम्मेद्वार जीत नारायण श्रेष्ठले ११ हजार २१४ मत पाएका छन् । लामिछाने र श्रेष्ठको मतान्तर ४२ हजार ९६२ मतान्तर रहेको छ ।

यस्तै एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाएका छन् ।

यसअघि मंसिर ४ मा भएको चुनावमा यो क्षेत्रबाट लामिछाने नै निर्वाचित भएका थिए। त्यतिबेला उनले ४९ हजार ३०० मत पाएका थिए।

अमेरिकी नागरिकता लिएर फेरि नेपाली नागरिकता नलिएको मुद्दामा उनको सांसद पद गुमेको थियो। उनको सांसद पद गुमेका कारण चितवन-२ मा उपनिर्वाचन भएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds