पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ डेभिजफलमा गुप्तेश्वर महादेव गुफा र छोरेपाटन माबी पार्किङ ब्यबस्थापन समितिद्धारा नवनिर्मित सार्वजनिक शौचालयको शुक्रबार पोखरा– १७ की वडा अध्यक्ष राधिका शाही योगीले उद्घाटन गरेका छन्।
वडा अध्यक्ष योगी शौचालयको उद्घाटन गर्दै कर्मचारी राखेर शौचालयको नियमित सरसफाइ गर्न, पार्किङको सौन्दर्यकरणमा विशेष ध्यान दिन, पÞmोहोरको व्यवस्थापन, पर्यटकको लागि चमेना गृह, कर्मचारीको व्यवस्थापन गर्नुपर्ने बताएका थिए ।
निवर्तमान वडा अध्यक्ष तिर्थराज अधिकारीले अध्ययन गरेर परियोजना अनुरुप काम गर्न अनुरोध गर्दै देशविदेशका पर्यटक आउने भएकोले वगैंचा सहितको नमुना पार्किङ वनाउन सुझाव दिएका थिए ।
त्यसैगरी गुप्तेश्वर महादेव गुफा ब्यबस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोला, छोरेपाटन माबी ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण लम्साल, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस ब्यबस्थापन समिति अध्यक्ष श्रीराम सुवेदी लगाएतले बोलेका थिए ।
समितिका सदस्य इश्वरी प्रसाद लम्सालले शौचालय निर्माणको आयव्यय प्रस्तुत गर्दै ३५ लाख खर्च भएको वताउँदै उक्त शौचालय निर्माणको लागि मुख्य गरी छोरेपाटन मावि, गुप्तेश्वर महादेव गुफा र वडा कार्यालयबाट आर्थिक सहयोग प्राप्त भएको बताए ।
समितिका अध्यक्ष झपिन्द्रराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समितिका सदस्य युवराज लामिछाने (युवक) र संचलन हरिप्रसाद लम्सालले गरेका थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’