पोखरा । “जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा” भन्ने उद्घोषका साथ गजल सन्ध्या र नवनीत साहित्य सागरद्वारा प्रत्येक महिनाको तेस्रो शनिबार संचालन हुँदै आइरहेको साहित्यिक कार्यक्रम “अक्षरयात्रा” को १९८ औं श्रृंखला शनिबार पोखरा घारिपाटन अवस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयमा तत्स्थानमा सिर्जित रचना वाचन गरी सुसम्पन्न भयो ।
अक्षरयात्राको परिकल्पनाकार मध्येका एक दीपक समीपले विगत अठार वर्षदेखि अविच्छिन्न रुपमा संचालन हुँदै आएको कार्यक्रममा विगतमा आएको वैश्विक महामारी कोरोनाको कारणले लगभग एक वर्ष रोकिनु परेको कुरा बताउँदै अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयमा विगतमा पनि कार्यक्रम संचालन गर्दा हार्दिकतापूर्वक स्वागत गरेकोमा आभार व्यक्त गरे ।
संग्रहालयका प्रमुख निर्मला न्यौपानेले संग्रहालयले हरेक समय अक्षरयात्रीहरुलाई स्वागत गर्ने बताउँदै आभार प्रकट गरे ।
अक्षरयात्राका अर्का परिकल्पनाकार लक्ष्मण थापा, नेपाली लेखक संघ, गण्डकी प्रदेशका महासचिव संजीव पौडेल, मुक्तकमन्च,केन्द्रीय अध्यक्ष रामजीप्रसाद आचार्य, संगम संगीत समितिका अध्यक्ष काजी गाउँले, सूरज पौडेल, रोष नास्तिक, कपिल शर्मा, बिकाश लुँगेली,अमृत क्षेत्री र वसन्त विनोदले आ–आफ्ना सिर्जना वाचन गरेका थिए । कार्यक्रमको अध्यक्षता गजलसन्ध्याका अध्यक्ष वसन्त विनोदले गरेका थिए भनें संचालन सूरज उपाध्यायले गरेका थिए ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?