पोखरा । लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा–१०, रामघाटले पोखरा–२७, तालचोकमा सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ ।
आफ्ना शेयर सदस्यका लागि शनिबार आयोजित तालिममा करिब एक सय जना प्रशिक्षार्थी सहभागी थिए । तालिममा सहकारीको शिक्षा उपसमितिका संयोजक रूद्रबहादुर श्रीसले सहजीकरण गरेका थिए ।
तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नंं. २७ की वडा महिला सदस्य बुद्धिमाया थापाले अहिलेको समयमा सहकारी शिक्षा तथा वित्तीय साक्षरता अपरिहार्य रहेको बताए । वित्तीय ज्ञानको अभावमा विभिन्न समस्यामा पर्ने गरेको भन्दै उनले सहकारीका माध्यमबाट उद्यमी बन्ने अवसर प्राप्त गर्न सकिने धारणा राखे । त्यस्तै, सहकारीका अध्यक्ष पूर्णबहादुर रानाले शेयर सदस्यको सशक्तिकरणका लागि वित्तीय साक्षरता तालिम सञ्चालन गरिएको बताए । सहकारी शिक्षाले बचत गर्ने बानीको विकास हुने भन्दै उनले आजको बचतले भोलिको समस्या टार्न सकिने भनाइ राखे ।
त्यसैगरी, सहकारी संस्थाका सचिव डिलबहादुर श्रीसले सहकारीका सात सिद्धान्त, ऐन, कानून अनुसार सहकारी सञ्चालन भए कुनै किसिमको समस्या भोग्न नपर्ने बताउनुभयो । उनले सञ्चालक र सहकारीकर्मी सहकारीको मूल्य, मान्यता र मर्म अनुसार चल्नुपर्ने बताए । शेयर सदस्य सुबेदार दिनबहादुर रानाले वित्तीय ज्ञान र जानकारीविना सही तरिकाले आर्थिक क्रियाकलाप सञ्चालन गर्न नसकिने धारणा व्यक्त गरे ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन