पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

dh

पोखरा । सडक भासिएर सोमबारदेखि अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ । १८ घण्टादेखि ठप्प भएको राजमार्ग मंगलबार बिहान १० बजेदेखि खुलेको हो ।

भासिएको भागमा माटोले पुरेर र पर्खाल लगाएर एकतर्फी सडक खुलाइएको हो ।

दुईतर्फी नै सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

हिजो दिउँसो ४ बजे धादिङको धार्केमा गणेश खोला पुल नजिकै सडक भासिएपछि पृथ्वी राजमार्ग ठप्प भएको थियो ।

नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डले नेपाली सेनाको सहयोग लिएर सडक मर्मत गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds