धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि मङ्गलबार दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग बुधबार १२ बजेदेखि फेरि बन्द भएको हो ।
धुनिबेँशी नगरपालिका–६ र थाँक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिएर ग्याबिन जाली लगाएकै ठाउँमा फेरि भ्वाङ परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । पुलको मुखमा सडक भ्वाङ परेपछि अहिले दुबै तर्फी सवारी आवागमन बन्द भएको छ ।
नयाँ पुल निर्माणको लागि फाउण्डेशन खन्ने क्रममा पुरानो पुलको फाउण्डेशन भएको जमिन भासिन पुगेको हो । त्यही जमिन भासिएको ठाउँमा ग्याविन जाली लगाएर सवारी सञ्चालनमा ल्याइएको थियो ।
अहिले फेरि जाली लगाएकै ठाउँमा भ्वाङ परेको स्थानीयले बताएका छन् । एकतर्फी सडक सञ्चालनमा ल्याइए पनि हिजैदेखि जोखिम भने टरेको थिएन ।
सम्बन्धित खबर
धादिङमा घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु
धादिङको खाल्टेमा ट्रक दुर्घटनाः दुईको मृत्यु, घाइते ६ जनालाई हेलिकप्टरमा काठमाडौं लगियो
त्रिशुलीमा बस दुर्घटना : मृतकको सङ्ख्या ७ पुग्यो, ४१ जनाको उद्धार
त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु, ३८ जनाको उद्धार
धादिङमा उधारो नदिएको भन्दै कुटिए पसल सञ्चालक बाबुछोरा
धादिङ पोखरा सम्पर्क समाजले कल्लेरी माविमा स्थापना गर्यो झण्डै ८ लाखको अक्षयकोष
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग