एमाले नेता टोपबहादुर र उनका छोराविरुद्ध पक्राउ पुर्जी जारी, सचिव पाण्डे पक्राउ

एमाले नेता टोपबहादुर र उनका छोराविरुद्ध पक्राउ पुर्जी जारी, सचिव पाण्डे पक्राउ

pic_1_JwlNRh59vp

काठमाडौं । नेकपा एमालेका सचिव टोप बहादुर रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका रायमाझी र उनका छोरा सन्दिप रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

उनीहरुले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै विभिन्न व्यक्तिसँग करोडौं रकम असुलेको आरोप छ । यस प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आज पाण्डेलाई पेप्सिकोलाबाट पक्राउ गरि आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रहरीले सचिव पाण्डेलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो । पाण्डे उपराष्ट्रपति कार्यालयमा कार्यरत हुनुअघि गृह मन्त्रालयको सचिव थिए । पाण्डे गृह मन्त्रालयको सचिव रहेका बेला नेपालीलाई भूटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोप लागेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ