पोखरा। २५६७ औं वुद्ध जयन्तीको अवसरमा सिता एण्ड सन्सले आयोजना गरेको कास्की जील्ला माध्यमिक तह स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। कक्षा ७ देखि १० सम्मको प्रतियोगीतामा मदरल्याण्ड मा विका एन्जल नेपाली पहिलो, कुम्दिनी होम्सका अविस्था पालिखे दिस्रो, वालोदय माविका इसिवा पौडेल तेस्रो र हिमालचन स्कुलका आविष्कार लामिछाने सन्तवना भए। उनीहरुले क्रमश हाइसेन्सको ३२ इन्चको एचडी टीभी, कोनका २२०० वाटको भ्याकुम क्लिनर, डाईकोमको वाटर डिस्नेपन्सर हट एन्ड कोल्ड र लिभ्प्युरको वाटर फिल्टर पुरस्कार प्राप्त गरे।
दश जोड २ तर्फ सैनिक आवासिय माविका सन्दिप लामा पहिलो, मदरल्याण्ड माविका कपिलराज गाहा दोस्रो, सृजना माविका लक्ष्मण पोख्रेल तेस्रो र शिशुनिकेतन माविका पुर्ण कुमार गुरुङ्ग सान्तवना भए। पहिलो, दोस्रा, तेस्रो र सान्तवना हुनेले क्रमशः ३२ इन्चको स्मार्ट टीभी, खिन्डको एयर फायर, नियोको स्प्रिङ आरओ फिल्टर र केन्टको वाटर फिल्टर प्राप्त गरे। यसबाहेक प्रतियोगीतामा सहभागी मध्येबाट ५ जनालाई गोला प्रथाको माध्यमबाट डिक्स होम्को सेटअप बक्स प्याकेज प्रदान गरियो।
पोखरा ७ मासबार स्थित श्रिकृष्ण माविमा आयोजित प्रतियोगितामा कास्की जील्ला भित्रका विभिन्न विद्यालयबाट ८१ जना प्रतियोगीले विश्व शान्ति र प्रेम शिर्षकमा २ घण्टा ३० मिनेट लागाएर आफ्नो चित्रकला प्रस्फुटन गरे।
यस अघि कार्यक्रमको क्यान्वासमा चित्र कोरेर उद्घाटन गर्दै प्रमुख अतिथि वरिष्ठ कलाकार दुर्गा बराल (वात्सायन) ले व्यवसाय क्षेत्रबाट नव कलाकारलाई प्रस्फुटन गराउन प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे। पोखरा महानगर पालिका वडा नं. ७ का वडा ध्यक्ष राम मोहन आचार्यले यस किसिमका कार्यक्रममा वडाको पनि साथ र सहयोग रहने बताए। प्रतियोगिताको सहकार्य संस्था सृजनशिल कलाकार समुहका अध्यक्ष मिलन शेरचनले यस्ता कार्यक्रमले विधार्थी तथा नव कलाकारलाई आफ्नो कलालाई निरन्तरता दिन हौसला मिल्ने बताइन्। निर्णायक मण्डलका संयोजक सृजनशिल कलाकार समुहका सल्लाहकार लोक प्रसाद गुरुङ्गले सबै सहभागी प्रतियोगीको चित्रकला उत्कृष्ट रहेको र आफ्नो कलालाई निरन्तरता दिन आग्रह गरे।
सिता एण्ड सन्सका संचालक सावित्री आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत मन्दिप आचार्य र संचालन सृजनशिल कलाकार समुहका कार्यवाहक अध्यक्ष दलबहादुर गुरुङले गरेका थिए।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह