काठमाण्डौ। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्ना देशका नागरिकलाई अनागरिक बनाएर विदेशमा मानवतस्करी गर्नुलाई निकृष्टतम ‘अपराध’ को संज्ञा दिएका छन्।
बिहीबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष भट्टराईले नक्कली शरणार्थी प्रकरणको जति भत्र्सना गरेपनि थोरै हुने बताएका हुन् ।
भट्टराइले ‘चौतर्फी भ्रष्टाचार, अनियमितता, राज्यशक्तिको दुरुपयोग, सार्वजनिक सम्पतिको दोहन, कमिशनखोरी आदि विकृति आज हाम्रो देश नेपालको अति गम्भीर समस्या बनेको बताएका छन्।
‘दृश्य र अदृश्य भ्रष्टाचार र अनियमितताका अनगिन्ती प्रकरणहरुले आम नागरिकहरुमा समेत राज्य, राजनीतिक दल र नेताहरुप्रति गम्भीर अविश्वास, आक्रोस र विद्रोहभाव बढ्दै गैरहेको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न समेत उनले आग्रह गरेका छन्।
यस्तो छ विज्ञप्तिः
चौतर्फी भ्रष्टाचार, अनियमितता, राज्यशक्तिको दुरुपयोग, सार्वजनिक सम्पतिको दोहन, कमिशनखोरी आदि विकृति आज हाम्रो देश नेपालको अति गम्भीर समस्या वनेको छ। दृश्य र अदृश्य भ्रष्टाचार र अनियमितताका अनगिन्ती प्रकरणहरुले आम नागरिकहरुमा समेत राज्य, राजनीतिक दल र नेताहरुप्रति गम्भीर अविश्वास, आक्रोस र विद्रोहभाव बढ्दै गैरहेको छ।
हालै सतहमा आएको नक्कली भुटानी शरणार्थी प्रकरण त्यसको एउटा ज्वलन्त नमूना हो। आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर विदेशमा मानवतस्करी गर्नु र त्यस निम्ति राज्यको उच्च तहमा रहेकाहरुले नै निजी लाभका निम्ति राज्यशक्तिको चरम दुरुपयोग गर्नु निकृष्टतम अपराध हो । यसको जति भर्त्सना गरे पनि थोरै हुन्छ । यो प्रकरणमा अहिलेसम्म नेपाल सरकारले र मुख्यतः प्रहरी प्रशासनले जुन तदारुकता देखाएर अनुसन्धान प्रक्रिया अघि वढाएको छ त्यसको नेपाल समाजवादी पार्टी हार्दिक स्वागत गर्दछ । निष्पक्ष ढंगले अनुसन्धानलाई अघि वढाएर यसलाई छिटो तार्किक निष्कर्षमा पुऱ्याउन राज्यका सम्वन्धित निकाय र पदाधिकारीहरुलाई हार्दिक आग्रह गर्दछ ।
साथै कुनै पनि वहानामा अपराधीलाई उन्मुक्ति नदिन र निर्दोषलाई नफसाउन पनि नेसपा खबरदारी गर्दछ । यो प्रकरणलाई एउटा महत्वपूर्ण टेस्ट(केसको रुपमा लिएर हाम्रो राज्य र समाजमा क्यान्सर फैलिएको भ्रष्टाचारको समस्यालाई दीर्घकालीन रुपमा निवारण गर्न शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार, दलहरुको चुनावी खर्च राज्यले व्यहोर्ने व्यवस्था, सवै तहका भ्रष्टाचारको छानवीन र कार्वाही गर्न शक्तिशाली जनलोकपालको व्यवस्था, प्रशासन र न्यायालयमा समयोचित सुधार तथा राजनीतिक हस्तक्षेपको अन्त्य लगायतका संरचनात्मक सुधार निम्ति आवश्यक संवैधानिक र कानूनी परिवर्तनका लागि पनि नेसपा सवै दलहरु र सरोकारवालाहरुसँग विशेष अपील गर्दछ ।
सम्बन्धित खबर
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
इभी गाडीले नयाँ वृद्धि भएको भाडा लिन नपाउने
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?