पोखरा । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लगायत निकायबाट खटिएको टोलीले उनलाई आइतबार साँझ बुढानीलकण्ठको पासीकोटबाट पक्राउ गरेको हो । उनलाई प्रहरीले आज अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा गएको वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार रहेका थिए । सोही साँझ उनका छोरा सन्दीपलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको थियो । अब यो प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १३ पुगेको छ ।
प्रहरीले यसअघि पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता खाणसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, एमाले नेता एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, गिरोहका नाइके भनिएका केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर थुलुङ राई लगायत १२ जनालाई पक्राउ गरेको छ ।
नक्कली भुटानी शर्णार्थी प्रकरणमा हालसम्म १०६ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका हुन् ।
सम्बन्धित खबर
बुबाको हत्या आरोपमा छोरालाई कारागार
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’