आज ३० औँ मदनआश्रित स्मृति दिवस मनाइँदै

आज ३० औँ मदनआश्रित स्मृति दिवस मनाइँदै

Madan-Aasrit

पोखरा । आज ३० औँ मदन–आश्रित स्मृति दिवस । नेकपा एमाले र एमालेका भातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।

तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको विसं २०५० जेठ ३ गते दासढुङ्गामा भएको दुर्घटनामा परी निधन भएको थियो ।

रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म भएको छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् ।

दुर्घटनाका एकमात्र साक्षी तथा भण्डारी र आश्रित चढेको जिपका चालक अमर लामाकोसमेत हत्या भएपछि यो घटना झनै रहस्यमय बन्न पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ