पोखरा । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएकालाई एमालेले कारबाही गरिरहँदा काँग्रेस भने जाेगाउन तर्फ लागेकाे बताएका छन् ।
प्रेस चौतारी, कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले यस प्रकरणमा जोडिएकालाई एमालेले कारबाही गरे पनि कांग्रेसले संरक्षण गरेको बताएका हुन् ।
‘नक्कली शरणार्थीमा तथ्यले दोषी देख्छ भने जो कोही पनि दण्डित हुनै पर्छ । किनभने यो सानो ठगी, अपराध मात्रै होइन । नागरिकलाई अनागरिक बनाएर बाहिर पठाउने भन्ने हो,’ ज्ञवालीले भने, ‘हाम्रो हिजोसम्म सचिव रहनुभएको साथी जोडिनुभयो, उहाँ दोषी हो कि निर्दोष हो, भोलि छानबिनले बताउँला । छानबिनलाई सजिलो होस् भन्नका निमित्त हामीले निलम्बन गर्यौं । तर अर्को पार्टीले संरक्षण नै गरिराखेको छ ।’
काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँड पक्राउ परिसक्दा पनि पार्टीले कुनै कारबाही प्रक्रिया अघि नबढाएकाे तर्फ ज्ञवालीले इंगित गरेका हुन् ।
नक्कली शरणार्थी प्रकरणमा जुन हदसम्म प्रमाणले पुष्टि गर्छ, जो आएपनि कारबाही हुनुपर्ने उपमहासचिव ज्ञवालीले उल्लेख गरे । ‘यस प्रकरणमा जुन हदसम्म प्रमाणले पुष्टि गर्छ, जो आएपनि कारबाही हुनुपर्छ, भ्रष्टाचार जुनसुकै तहबाट भएपनि निष्पक्ष छलफल हुनुपर्छ ।’ ज्ञवालीले भने ।
उपमहासचिव ज्ञवालीले एमाले सरकार ढलाउनतर्फ नलागेकाे भन्दै सत्तासीन दलकै कारण ढल्ने जिकिर गरे । उनले भने – ‘जनसराेकारसँग सरकारकाे सवाल नै छैन । सरकारकाे उपस्थिति जनतासम्म छैन । स्वार्थकाे गठबन्धन हाे । जब स्वार्थ बाझिन्छ, टकराव बढ्छ, ढल्छ । अार्थिक क्षेत्र जर्जर छ । व्यापार व्यवसाय चाैपट छ । सरकारलाई मतलब छैन ।’
उपनिर्वाचनकाे परिणामलाई गम्भीर रूपमा लिएका छाैँ भन्दै ज्ञवालीले तनहुँ र चितवनमा भाेट घट्नु साेचनीय कुरा रहेकाे बताए । ‘सीट त ३ वटै गुमेकाे क्षेत्र भएकाले सीट संख्यामा फरक नपरेपनि २ क्षेत्रमा साेचेनुरूप नहुँदा हामीले चिन्ता गर्नुपर्दछ । तर, १०० मिटरमा दाैडँदा हार्न सकिन्छ । म्याराथन दाैडिने पार्टी एमाले हाे । म्याराथनमा जित्नु मूख्य कुरा हाे ।’
नयाँ पार्टीका बारेमा टिप्पणी गर्ने बेला भएकाे छैन भन्दै उनले थपे – ‘राम्राे गर्नुहाेस् शुभकामना छ। तर, पार्टीकाे नीति के हाे ? परराष्ट्र नीति के हाे ? अार्थिक नीति के हाे ? स्पष्ट भने भइसकेकाे छैन ।’
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव