काठमाडौँ । भ्वाइस किड्स सिजन–२ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् ।
शुक्रबार रातीको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले उपाधि जितेका हुन् ।
फिनालेमा सुब्बासहितका आठ जनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
विजयी सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरे । उपाधि जितेका सुब्बाले १५ लाख रुपैयाँ नगद प्राप्त गरे ।
यस संस्करणमा प्रमोद खरेल, सुशान्त केसी, मिलन नेवार र प्रविशा अधिकारी कोचको रूपमा थिए ।